बिहिबार, असार २६, २०८२

`ठिकै छ मेरी प्रिय´सार्वजनिक हुने


कान्तिपथ


राजेन्द्र महतो, काठमाडौं । गुरु बसिष्ठको स्वरमा रहेको “ठिकै छ मेरी प्रिय ” गीत असार ६ गते शुक्रबार सार्वजनिक हुने भएको छ ।

कलाकार प्रेम परियार र श्रितिका श्रेष्ठको अभिनयमा रहेको गीत आगामी शुक्रबार सार्वजनिक गर्न लागिएको निर्माण टीमले जनाएको छ।

गीतको रेकर्ड सुर सम्यक बिज स्टुडियो/साउन्ड मिल स्टुडियोमा गरिएको हो ।

ड्र्यागन मोशन पिक्चरद्वारा प्रस्तुत गरिएको गीत क्लासिकल र राक ट्रागेडी रहेकोले हामीले बजारमा ल्याउन लागेको निर्माण टीमले जनाएको छ ।

निर्माता दीपेन श्रेष्ठ तथा अनुजा बराल द्वारा निर्देशित उक्त गीतमा व्यवस्थाका रूपमा दिवेश राई रहेका छन् ।

गीतको , मिक्स/मास्टरिङ-महेश्वर राज भण्डारी र सम्पादन सन्देश शाहले गरेको छ।गीतमा गीत/संगीत-शेखर ठकुरीको रहेको छ ।

गीतको सिनेमेटोग्राफी-साजन ठाकुर , रंग- राजेन्द्र मोक्तान ,भि एफ एक्स -सत्यम राणा,ग्राफर- नरेश अधिकारी , फोकस-निरञ्जन थापा तथा भिडियो कन्सेप्ट-ड्रागन मोशन पिक्चर रहेको छ।

गीत शुक्रबार ६ गते सार्वजनिक गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।

गीत ड्रागन मोशन पिक्चर युट्युव च्यानल मार्फत सार्वजनिक गर्न लागिएको निर्माण टीमले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत