बिहिबार, असार २६, २०८२

“ठिकै छ मेरी प्रिय” सार्वजनिक


राजेन्द्र महतो


काठमाडौं ।नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा ठिकै छ मेरी प्रिय ” गीत आज शुक्रबार सार्वजनिक भएको छ।

गुरु बसिष्ठको स्वरमा रहेको क्लासिकल र रक ट्र्याजेडी ठिकै छ मेरी प्रिय ” गीत सार्वजनिक भएको हो।

गीतको भिडियो ड्रागन मोशन पिक्चर युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

गीतको भिडियोमा कलाकार प्रेम परियार र श्रितिका श्रेष्ठले अभिनय गरेका हुन।

गीतको रेकर्ड सुर सम्यक बिज स्टुडियो/साउन्ड मिल स्टुडियोमा गरिएको हो ।

गीतको निर्माता दीपेन श्रेष्ठ तथा अनुजा बराल द्वारा निर्देशित उक्त गीतमा व्यवस्थाका रूपमा दिवेश राई रहेका छन् ।

गीतको, मिक्स/मास्टरिङ-महेश्वर राज भण्डारी र सम्पादन सन्देश शाहले गरेको छ भने गीत/संगीत-शेखर ठकुरीको रहेको छ ।

गीतको सिनेमेटोग्राफी-साजन ठाकुर , रंग- राजेन्द्र मोक्तान, भि एफ एक्स -सत्यम राणा,ग्राफर- नरेश अधिकारी, फोकस-निरञ्जन थापा तथा भिडियो कन्सेप्ट-ड्रागन मोशन पिक्चर रहेको छ।

यो गीत खास गरि क्लासिकल र रक ट्र्याजेडी भएको ले नेपाली संगीत बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत