बिहिबार, असार २६, २०८२

सशस्त्रका एसएसपीमाथि महिलाको गोप्य अंग समाएको बात


गणेश विक


काठमाडौं । यौनले उन्मत्त सशस्त्रका कमाण्डरले एक महिलामाथि यौन दुव्र्यवहार गरेपछि अहिले विवादमा तानिएका छन्  ।

संयुक्त राष्ट्रसंघको अन्तर्गत  शान्ति स्थापनार्थ साउथ सुडानमा खटिएको नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू)मा कमान्डरका रूपमा खटिएका सशस्त्र प्रहरी बलका एसएसपी रविनराज कर्णजितमाथि नर्वेजियन महिलालाई संवेदनशील अंगमा स्पर्श गरेको गम्भीर आरोप लागेको हो।

अहिले यो विषयले सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा हलचल नै पैदा गराएको छ । उनले गरेको कतुर्तको विषयमा राष्ट्र संघले सशस्त्र प्रहरीलाई पत्रचार समेत गरेको छ। राष्ट्र संघको पत्र आएपछि सशस्त्र प्रहरीले शान्ति मिसनबाट फर्केर आएका १५ जनाभन्दा बढीसँग सोधपुछ गरिरहेको छ।

११ औँ डफ्फाको टोलीको नेतृत्व गरेर एक वर्षअघि सुडान पुगेका एफपीयू कमान्डर कर्णजीतमाथि स्वदेश फर्किनुभन्दा केही दिनअघि यूएनमै कार्यरत एक नर्वेजियन महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोप लागेको बताईन्छ  ।

यस विषयमा राष्ट्र संघले सशस्त्र मुख्यालयलाई पत्रचार गरेको हो।
यस विषयमा बुझ्दा सशस्त्र प्रहरीका प्रवक्ता कालीदास धौबजीले एसएसपी कर्णजितलाई यौन दुर्व्यवहारको आरोप लागेको र यो विषयमा सशस्त्र प्रहरीको कानुन शाखाले अनुसन्धान गरिएको पुष्टि गरे ।

एसएसपी कर्णजीतले त्यहाँको एक रेस्टुरेन्टमा नर्वेजियन महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। ती नर्वेजियन महिलाले यूएन हेडक्वाटरमा उजुरी दिएपछि मात्रै एसएसपी कर्णजीतको यौन दुर्व्यवहारबारे सशस्त्र प्रहरीले चासोका साथ अनुसन्धान सुरु गरेको थियो।

यौन दुष्कार्यमा संलग्न एसएसपी कर्णजीतमाथि कस्तो कारबाही हुने भन्ने विषय चाही गर्भमै रहेको छ ।

एसएसपी कर्णजीतको टोली गएको वैशाख २३ गते कर्णजितको टोली नेपाल फर्केको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत