बिहिबार, असार २६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • आर्थिक विवादमा मुछिएका सप्तरीका एसपी ढकेन्द्र खतिवडाको सरुवा

आर्थिक विवादमा मुछिएका सप्तरीका एसपी ढकेन्द्र खतिवडाको सरुवा


कान्तिपथ


काठमाडौं । आर्थिक विवादमा मुछिएका प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडालाई काज सरुवा गरिएको छ ।

उनलाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गर्दै उनको स्थानमा एसपी गौतम केसीलाई काज खटाइएको छ ।

सप्तरी प्रहरी प्रमुख हुँदा आर्थिक विषयमा आचरण विपरित कार्य गरेको गुनासो परेपछि उनलाई छानबिनका लागि त्यहाँबाट हटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनको विषयमा उजुरी परेपछि छानबिनका लागि नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जका एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको थियो ।

सो समितिले दिएको प्रतिवेदनका आधारमा उनलाई सरुवा गरिएको कार्यालय स्रोतले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत