सोमवार, फाल्गुन ४, २०८२

चिकित्सकसँग वार्ताका लागि प्रधानमन्त्री ओलीद्वारा तीन मन्त्रीलाई जिम्मेवारी

काठमाडौं —

आन्दोलनमा रहेका चिकित्सकहरूसँग वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले तीनजना मन्त्रीलाई वार्ता टोलीको जिम्मेवारी दिएका छन्।

प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्री प्रदीप पौडेल, उद्योग मन्त्री दामोदर भण्डारी र कानुन मन्त्री अजय चौरसियालाई आन्दोलनरत चिकित्सकहरूसँग संवाद गरेर समस्याको समाधान खोज्न निर्देशन दिएका हुन्।

एक मन्त्रीका अनुसार, प्रधानमन्त्रीको कार्यादेशअनुसार आजै चिकित्सकहरूसँग वार्ता गरी सहमतिको प्रयास गरिनेछ।

यसै क्रममा, केही समयअघि चिकित्सक प्रतिनिधिहरूसँग अनौपचारिक छलफल समेत भएको जानकारी प्राप्त भएको छ।

उपभोक्ता अदालतको फैसलाको विरोधमा चिकित्सकहरू आन्दोलित भएका हुन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत