काठमाडौं —
सरकार र नेपाल चिकित्सक संघबीच मंगलबार रातिसम्मको वार्तापछि सहमति कायम भएको छ।
स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा सरकार चिकित्सकहरूको माग सम्बोधन गर्न विद्यमान कानुन र नीतिगत व्यवस्थामा आवश्यक संशोधन गर्न तयार भएको जनाएको छ।
यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय भएको छ।
सात दिनभित्र कार्यदलले प्रतिवेदन पेस गर्ने सहमति समेत भएको छ।
कार्यदलको प्रतिवेदन पुनः वार्ता टोलीमार्फत छलफल गरी कार्यान्वयनमा लैजाने सहमति पनि दुई पक्षबीच भएको छ।
यस सहमतिपछि आन्दोलनरत चिकित्सकहरूले आन्दोलन स्थगन गरेका छन् भने बन्द रहेका स्वास्थ्य सेवा आजैदेखि पुनः सञ्चालनमा आउने जानकारी संघले दिएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ