बुधबार, फाल्गुन ६, २०८२

झापामा सवारी दुर्घटना : हजुरबुबा, नाति र भारतीय युवकको मृत्यु


देव चौलागाईं


झापाको बाह्रदशी गाउँपालिकामा बुधबार अपराह्न भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

मृतकमध्ये एक बालक, एक वृद्ध र एक भारतीय नागरिक रहेका छन्।

दुर्घटना बाह्रदशी गाउँपालिका–१, खयरबारीस्थित भित्री सडकखण्डमा भएको हो।

भारतीय नम्बर प्लेट (BR 37 AZ 6440) को मोटरसाइकल र प्रदेश १–०१–०१६ प ९२७० नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

स्कुटर चालक कचनकवल–३ डाकुपारा निवासी ६० वर्षीय श्रीप्रसाद राजवंशीको घटनास्थलमै मृत्यु भएको थियो।

उनका ७ वर्षीय नाति आयुष राजवंशी गम्भीर घाइते भएका थिए।

तर, बुधबार राति उपचारको क्रममा आयुषको पनि मृत्यु भएको झापा प्रहरी प्रमुख राजन लिम्बूले पुष्टि गरेका छन्।

दुर्घटनामा श्रीप्रसादकी २७ वर्षीया बुहारी उर्मिला राजवंशी गम्भीर घाइते भएकी छन्।

हाल उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ।

यस्तै, मोटरसाइकल चालक भारतको किशनगञ्ज जिल्लास्थित डिघलबैक थाना–१४ का २७ वर्षीय सुरज टुडूको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत