रोल्पाको विकट थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी दुई दिनदेखि सम्पर्कविहीन भएका छन्।
उनीहरू भुक्तानी प्रक्रियाका लागि आवश्यक वन टाइम पासवर्ड (OTP) लिन गएको समयमा हराएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका अनुसार, प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर नेतृत्वको टोली असार २४ गते बिहान ७ बजेपछि सम्पर्कमा नरहेको जानकारी दिएका हुन्।
प्रमुख अधिकृत घर्तीमगरले असार २३ गते राति नै OTP लिन रुकुम पूर्व जाने योजनाको जानकारी गराएको उल्लेख गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा गरिएको छ।
मोबाइल नेटवर्क कमजोर भएका कारण थबाङ गाउँपालिकाका कर्मचारीहरूलाई अनलाइन भुक्तानी प्रणालीको OTP कोड लिन छिमेकी जिल्ला वा टावर टिप्ने डाँडासम्म जानुपर्ने बाध्यता रहेको बताइएको छ।
त्यसै क्रममा OTP कोड प्राप्त गर्न गएका सात जना कर्मचारीहरू सम्पर्कविहीन भएको पुष्टि गरिएको छ।
हालसम्म उनीहरूको अवस्थाबारे कुनै जानकारी नभएको र खोजतलास जारी रहेको गाउँपालिकाले जनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ