बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • शिक्षा
  • संसद् भवनमा ड्रोन खस्दा ५ जना पक्राउ, प्राध्यापकसहित विद्यार्थी संलग्न

संसद् भवनमा ड्रोन खस्दा ५ जना पक्राउ, प्राध्यापकसहित विद्यार्थी संलग्न


देव चौलागाईं


काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा ड्रोन खसेको घटनामा संलग्न भएको आरोपमा एक कलेजका प्राध्यापकसहित पाँच जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार, पक्राउ पर्नेमा टेकस्पायर कलेजका प्राध्यापक विजय बाबु रेग्मी र विद्यार्थीहरू समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजा रहेका छन्।

घटना असार २४ गते बिहान साढे ९ बजेतिर भएको हो। संघीय संसद् भवनको क्षेत्र निषेधित मानिँदै आएको छ। ड्रोन खसेपछि संसद्मै यसको विषयमा प्रश्न उठेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, टेकस्पायर कलेजले विद्यार्थीलाई ड्रोन निर्माण गर्ने परियोजना (टास्क) दिएको थियो। त्यसैक्रममा असार २३ गते राति परीक्षणका क्रममा ड्रोनको सिग्नल हराएर संसद् भवन क्षेत्रमा खसेको थियो।

विद्यार्थीहरूले आफैंले प्रहरीसमक्ष यस्तो विवरण दिएका छन्।

हाल घटनामा संलग्न भएकाहरूलाई कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पेश गरिएको प्रहरी स्रोतले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत