बुधबार, फाल्गुन ६, २०८२

ताप्लेजुङमा अवतरण हुन नसकेपछि नेपाल एयरलाइन्सको जहाज पुनः काठमाडौं फर्कियो


देव चौलागाईं


नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को काठमाडौं–ताप्लेजुङ नियमित उडान शुक्रबार बिहान सुक्खे मौसमको कारण अवतरण हुन नसकी पुनः काठमाडौं फर्किएको छ।

नेपाल एयरलाइन्स ताप्लेजुङ स्टेसन प्रमुख नारायण कुमार कार्कीका अनुसार, बिहान काठमाडौंबाट उड्दा मौसम सामान्य रहे पनि अवतरणको समयमा सुकिएर कुहिरो लाग्दा दृश्यता कमजोर बनेको थियो।

त्यसकारण सुकटार विमानस्थलमा जहाज अवतरण सम्भव नभएपछि पाइलटले जहाज फिर्ता काठमाडौं ल्याउने निर्णय गरेका हुन्।

उक्त उडानमा चार जना यात्रु काठमाडौंबाट ताप्लेजुङ आउन लागेको र उनीहरू गन्तव्यसम्म पुगेर पनि अवतरण नहुँदा फेरि काठमाडौंमै फर्किनु परेको हो।

यता, ताप्लेजुङबाट काठमाडौं जान तयार भएर बसेका सात जना यात्रु भने जहाज अवतरण हुन नसकेपछि निराश भएर घर फर्किएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत