टिका रसाइली, काठमाडाैैं। हिमालयन युवा क्लब हिले, तमान बागलुङले आफ्नो १२औं वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ।
२०७१ सालमा स्थापना भएको यस क्लबले प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा वार्षिकोत्सवको आयोजना गर्दै आएकाे हाे।
यस वर्षको कार्यक्रम विशेष रूपमा साउने संक्रान्ति मेलासँगै समन्वय गरी आयोजना गरिएको छ।
क्लबले समाज सेवा, युवा सशक्तीकरण, खेलकुद, संस्कृति संरक्षण तथा अन्य विविध सामाजिक गतिविधिमा सक्रियता देखाउँदै आएको छ।
वार्षिकोत्सव कार्यक्रममार्फत क्लबले विगत एक वर्षमा सम्पन्न गरेका सम्पूर्ण कार्यक्रम र गतिविधिहरूको सार्वजनिक प्रस्तुति गर्ने आयोजकले जनाएकाे छ।
कार्यक्रममा स्थानीय पन्चेबाजासहित सांगीतिक प्रस्तुति, विभिन्न खेलकुद प्रतियोगिता, नृत्य, नाटक तथा विविध सांस्कृतिक झलकहरू प्रस्तुत गरिनेछ।
साथै, आर्थिक सहयाेग गर्ने व्यक्तित्वहरूलाई सम्मान तथा कदर पत्र प्रदान गरिनेछ।
कार्यक्रमको प्रमुख आकर्षण भनेको साउने संक्रान्ति मेला छ, जुन स्थानीय हिन्दू परम्परा अनुसार विशेष धार्मिक तथा सांस्कृतिक रूपमा मनाइन्छ।
हिमालयन युवा क्लब हिलेका पदाधिकारीहरूका अनुसार, आगामी वर्षहरूमा अझ प्रभावकारी र दीगो कार्यक्रममार्फत समाजलाई सकारात्मक दिशातर्फ डो-याउने लक्ष्य रहेकाे बताए ।
मेलापर्व तथा वार्षिकोत्सवले स्थानीय तहमा सामाजिक एकता, सांस्कृतिक पहिचानको संरक्षण तथा युवाको सशक्त सहभागिता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकहरूको विश्वास छ। याे कार्यक्रम साउन १८ गतेदेखि २६ गतेसम्म चल्ने आयोजकले जानकारी दिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ