म्यानमारको सागिङ क्षेत्रमा रहेको एक बौद्ध गुम्बामा बिहीबार राति भएको हवाई आक्रमणमा कम्तीमा २३ जनाको ज्यान गएको छ।
लिन टा लु गाउँमा रहेको गुम्बामा विस्फोट हुँदा चार बालबालिकासहित ३० जना घाइते भएका छन्, जसमा १० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
स्थानीय रिपोर्टअनुसार, उक्त गुम्बामा वरपरका गाउँबाट आएका १५० भन्दा बढी मानिसले शरण लिएका थिए।
राति करिब १ बजे जेट विमानबाट बम खसालिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
हालसम्म आक्रमण कसले गराएको हो भन्ने पुष्टि भइनसकेको र सेनाले यसबारे आधिकारिक धारणा नदिएको बताइएको छ।
स्वतन्त्र अनलाइन मिडिया ‘डेमोक्रेटिक भ्वाइस अफ बर्मा’ अनुसार मृत्यु हुनेको संख्या ३० पुग्न सक्ने अनुमान छ।
सन् २०२१ देखि जारी गृहयुद्धको असर
म्यानमारमा सन् २०२१ को फेब्रुअरीमा सेनाले निर्वाचित सरकारलाई हटाएपछि गृहयुद्ध सुरु भएको हो।
नेत्री आङ सान सुकीको सरकारले सत्ताबाट हटाइएपछि देशभर हिंसा, अस्थिरता र मानवाधिकार उल्लंघन तीव्र बनेको छ।
संयुक्त राष्ट्रसंघका अनुसार:
यस गृहयुद्धका कारण म्यानमारको अर्थतन्त्र १८% ले खुम्चिएको र भोकमरी तथा चरम गरिबी बढेको अन्तर्राष्ट्रिय संस्थाहरूले उल्लेख गरेका छन्।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ