बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • फिफाद्वारा एन्फामाथिको ‘कन्ट्रोल फन्डिङ’ बन्देज हटाइयो, अब स्वतन्त्र रूपमा सहयोग उपयोग गर्न सक्ने

फिफाद्वारा एन्फामाथिको ‘कन्ट्रोल फन्डिङ’ बन्देज हटाइयो, अब स्वतन्त्र रूपमा सहयोग उपयोग गर्न सक्ने


देव चौलागाईं


विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ अर्थात् आर्थिक निगरानीको प्रतिबन्ध हटाएको छ। आर्थिक अपारदर्शिता र अनियमितताको आशंकामा सन् २०२१ को मार्च १५ देखि एन्फाले फिफाबाट पाउने सहयोग रकम फिफाकै प्रत्यक्ष निगरानीमा खर्च गर्नुपर्ने व्यवस्था लागू गरिएको थियो।

तर, पछिल्लो समय अध्यक्ष पंकज विक्रम नेम्वाङको नेतृत्वमा एन्फाको कार्यसमितिले देखाएको आर्थिक पारदर्शिता, अनुशासन र सुशासनप्रतिको प्रतिबद्धतालाई फिफाले सकारात्मक रूपमा लिएको छ। त्यसकै आधारमा हालै सम्पन्न गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (GACC) को बैठकले उक्त प्रतिबन्ध हटाउने निर्णय गरेको हो।

अब एन्फाले फिफाबाट प्राप्त आर्थिक सहयोग स्वतन्त्र रूपमा प्रयोग गर्न सक्नेछ, जसले नेपाली फुटबलको विकासमा थप गति ल्याउने अपेक्षा गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत