नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० प्रतियोगिताको दोस्रो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया सुरु गरेको छ। शनिबार क्यानका प्रवक्ता छुम्बी लामाले प्रेस विज्ञप्तिमार्फत यसबारे जानकारी दिएका हुन्।
हालै फ्रेन्चाइज टोलीबाट रिलिज भएका तथा एनपीएल अक्सनमा भाग लिन इच्छुक सम्पूर्ण नेपाली खेलाडीहरूले https://npl-t20.com/registration लिंकमा गई आफ्नो नाम दर्ता गर्न सक्नेछन्।
अक्सनका लागि खेलाडीहरूलाई ए, बी, र सी गरी तीन श्रेणीमा विभाजन गरिएको छ, जसमा खेलाडीले आफू अनुकूल कुनै पनि श्रेणी रोजेर दर्ता गर्न सक्ने उल्लेख गरिएको छ।
दर्ता शुल्क प्रतिखेलाडी रू. १,००० तोकिएको छ भने नाम दर्ताको अन्तिम मिति २०८२ साल साउन ६ गतेसम्म कायम गरिएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ