बुधबार, फाल्गुन ६, २०८२

बेलबारीमा जंगली हात्तीको आक्रमणबाट महिलाको ज्यान गयो


देव चौलागाईं


मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणमा परेर एक महिलाको ज्यान गएको छ।

बेलबारी नगरपालिका–८ बाँसबारीकी करिब ४५ वर्षीया अमिना राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार अमिना राजवंशी आइतबार बिहान खेतमा पानी लगाउने क्रममा जंगली हात्तीको आक्रमणमा परेकी थिइन्।

घटनाबेला उनी ३५ वर्षीया बन्दना राजवंशीसँगै खेतमा थिइन्। बिहान करिब ३ बजेतिर पैनीबाट पानी ल्याउँदै गर्दा हात्तीले अमिनामाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

गम्भीर घाइते अवस्थाका अमिनालाई तत्कालै विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याइएको थियो। तर उपचारको क्रममा बिहान ८:४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनाको समयमा बन्दना राजवंशी भने भागेर ज्यान जोगाउन सफल भएकी थिइन्। स्थानीय बासिन्दाले हात्तीलाई डराउन हल्ला गरेपछि हात्ती जंगलतिर फर्किएको थियो। इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा खटिएको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत