प्रधानमन्त्री ओलीद्वारा सत्तारुढ दलका शीर्ष नेतासँग बालुवाटारमा छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा छलफल गरेका छन्।
उक्त बैठकमा प्रधानमन्त्री ओलीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखक, एमाले उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव सहभागी थिए।

