काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीबाट खैरो हेरोइनसहित प्रहरीले इलामको माई नगरपालिका–५ घर भएका २५ वर्षीय केशव राईलाई पक्राउ गरेको छ ।
माइक्रो बसमा सवार राईलाई जडीबुटीस्थित मनोहरा खोला पुलबाट असार २७ गते साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिएकाे हाे।
आरोपीको साथबाट प्रहरीले ३७ दशमलव २४० ग्राम खैरो हेरोइन बरामद गरेको छ ।
उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ