बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • कोहलपुरबाट पत्रकारसहित दुई जना १९ किलो अफिम र नक्कली नोटसहित पक्राउ

कोहलपुरबाट पत्रकारसहित दुई जना १९ किलो अफिम र नक्कली नोटसहित पक्राउ


गणेश विक


प्रहरीले कोहलपुरबाट पत्रकारसहित दुई जनालाई पक्राउ गरेको छ ।

नक्कली नोट र १९ किलो ३२५ ग्राम अफिम सहित कोहलपुरबाट आफुलाई पत्रकार भनि चिनाउने मन बहादुर सहकारी र बाफेकोट नगरपालिका वडा नम्बर १० रुकुमकी सपना पुन पक्राउ परेका हुन ।

लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले कोहलपुर ११ न्यूरोडमा रहेको जनगर्जन नेटवर्क प्रालिको शाखा कार्यालयबाट १००० का ५१ नक्कली नोट र १९ किलो ३२५ ग्राम अफिम सहित उनिहरुलाई पक्राउ गरेको हो ।

कपिलवस्तुस्थित शिवराज नगरपालिका-९ घर भएर हाल कोहलपुर ११ बस्दै आएका मन बहादुरले कोहलपुरमा संचालनमा ल्याएको जनगर्जन नेटवर्क प्रालिको कार्यालय भित्र ठुलो परिमाणमा लागु औषध अफिम र नक्कली नोट फेला परेको हो ।

प्रहरीले मान बहादुरको कोठाबाट अफिमसहित ५१ हजार नेपाली नक्कली नोट, नक्कली नोट छाप्ने मेसिन, एउटा मोटरसाइकल र एक थान मोबाइल बरामद गरेको छ ।

केही दिनअघि जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक व्यक्तिलाई नक्कली नोटसहित पक्राउ गर्दा प्रहरीसँगको बयानमा पक्राउ परेका व्यक्तिले कोहलपुरमा साथी रहेको जानकारी दिए पश्चात् लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको टोलीले कोहलपुर आएर खानतलासी गर्दा उक्त अफिमसहितका नक्कली नोट लगायतका सामग्री बरामद गरेको बाँके प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले पछिल्ला वर्षहरूमा पत्रकार वा पत्रकारजस्तो परिचय प्रयोग गरेर आपराधिक गतिविधि गर्नेहरूको संख्यामा वृद्धि भएको भन्दै संचारकर्मीको नाम दुरुपयोग गर्नेहरूमाथि कडा निगरानी गर्ने जनाएको छ।

यस बिषयमा थप अनुसन्धान भईरहेकाे छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत