नेकपा एमालेभित्र नेतृत्वको शैली र कार्यपद्धतिलाई लिएर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच पार्टी बैठकमै कडा मतभेद र नोकझोंक भएको छ।
विधानको धारा ६४ सम्बन्धी छलफलको क्रममा पोखरेलले पार्टी विधान तीन पटक छापिएको विषय उठाउँदा ओलीले त्यसप्रति आपत्ति जनाएका थिए। ओलीले पोखरेललाई ‘कर्ण थापाको कुरा बोकेर नआउन’ चेतावनी दिएपछि पोखरेल झोक्किएका थिए। उनले ओलीलाई सोधेका थिए, “म आफ्नो धारणा राख्दैछु, मलाई कर्ण थापासँग किन जोड्नुहुन्छ?”
विवाद शान्त भएपछि पोखरेलले धारणा राख्दै ओलीको नेतृत्वप्रति सिधा प्रश्न उठाए। उनले पार्टी सञ्चालन शैली, कार्यकर्ता र जनतासँगको व्यवहार, मूल्यांकन प्रक्रिया लगायतमा कमजोरी रहेको उल्लेख गर्दै अध्यक्ष ओलीलाई नेतृत्वबाट ससम्मान हट्न सुझाव दिएका थिए।
पोखरेलले भने, “हाम्रो बीच विचारधाराको समस्या छैन तर शैलीमा समस्या छ। त्यसैले पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न अब तपाईंले नेतृत्व छोड्नुपर्छ।”
तर प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने आफूले नेतृत्व छोड्ने अवस्था नरहेको स्पष्ट पारे। उनले पोखरेलको भनाइलाई सुनेपछि संक्षिप्त प्रतिक्रिया दिँदै भने, “शान्त ढंगले नेतृत्व छोड्नुस् भनिए पनि, अहिले त्यसो गर्न सकिने अवस्था छैन।”

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ