बुधबार, बैशाख २, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • लागू औषध कारोबारमा संलग्न दुई महिला ९.५ केजी लागू पदार्थसहित पक्राउ

लागू औषध कारोबारमा संलग्न दुई महिला ९.५ केजी लागू पदार्थसहित पक्राउ


कान्तिपथ


काठमाडौँ, साउन ३ – लागू औषध कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जना महिलालाई लागू औषधसहित नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका–५, हलचोक चौतारास्थित फुर्साङ लामाको घरको पहिलो तलामा डेरा गरी बसिरहेकी धादिङ गजुरी गाउँपालिका–८ की ३८ वर्षीया चमेली ग्याल्बा तामाङको कोठाबाट लागू औषध गाँजा जस्तो देखिने ८ किलो ५०० ग्राम पदार्थ, गाँजाबाट बनेको पोल्याण्ड जस्तो देखिने १ किलो पदार्थ र नगद १६,५०० रुपैयाँसहित दुई महिला पक्राउ परेका हुन्।

पक्राउ परेकी अर्की महिला काभ्रेपलाञ्चोक पनौती नगरपालिका–७ की १९ वर्षीया बिनिता पुरी हुन्, जो हाल काठमाडौं महानगरपालिका–१५, स्वयम्भूमा बसोबास गर्दै आएकी थिइन्।

प्रहरीले उनीहरूलाई मिति २०८२ साउन ३ गते दिउँसो ३:५० बजे विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुबै जनाविरुद्ध लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरिएको छ।

यस बिषयमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरी बृत स्वयम्भुका प्रमुख उद्वब सिं भाटले कान्तिपथलाइ बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत