नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा पुनः सक्रिय भूमिका नदिने प्रस्ताव राखेका छन्। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय समिति बैठकमा ओलीले भण्डारीलाई सल्लाहकार र अभिभावकको भूमिकामा रहने प्रस्ताव गरेका हुन्।
बैठकमा सहभागी एक नेताका अनुसार ओलीले भण्डारीको पार्टी सदस्यता नवीकरण नै विधान विपरीत रहेको तर्क राखे। उनका अनुसार, “उहाँले अरूको माध्यमबाट सदस्यता नवीकरण गर्नुभएको रहेछ, जुन विधिसम्मत छैन।”
ओलीको यस्तो प्रस्तावपछि उपाध्यक्ष सुरेन्द्र पाण्डेले भने प्रतिवाद गरेका थिए।
अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई गणतन्त्रले दिएको सम्मानको चर्चा गर्दै भने, “उहाँ गणतन्त्रको गौरव हुनुहुन्छ, सबै पार्टी नेताहरूको उपस्थितिमा उहाँलाई सम्मान गरिएको थियो।”
तर ओलीले अहिलेको राजनीतिक परिस्थितिमा पार्टीले भण्डारीलाई कुनै औपचारिक जिम्मेवारी दिन नसक्ने स्पष्ट पारे। “पार्टीले उहाँलाई सम्मान गर्छ, तर अध्यक्ष बनाउन सक्दैन,” ओलीको भनाइ उद्धृत गर्दै नेताहरूले बताएका छन्।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ