बुधबार, फाल्गुन ६, २०८२

गायिका आस्था राउतको नयाँ तीज गीत सार्वजनिक


कान्तिपथ


गायिका आस्था राउतको सांगीतिक यात्रा सधैं महिला सशक्तीकरण र सकारात्मक सोचको सन्देशमा केन्द्रित हुँदै आएको छ। चाहे “चौबन्दीमा…” होस् वा “माइतीको चिनो…”—आस्थाका गीतले महिला भावना र हकका कुरा उठाउँदै आएका छन्।

उनको भनाइमा, “वुमन इम्पावरमेन्ट मेरो पहिलो उद्देश्य हो। गीतमार्फत महिलाको आत्मविश्वास बढाउनु नै मेरो चाहना हो,” भन्दै उनले समाजमा महिलालाई पुरुषसँग बराबरीको हैसियतमा देख्नुपर्ने धारणा व्यक्त गरेकी छन्।

एक वर्षको अन्तरालपछि आस्था डान्सिङ नम्बर “कम्मरै भाँचेर…” लिएर आएकी छन्, जसले जीवनलाई हाँस्दै, रमाउँदै जिउनुपर्छ भन्ने सन्देश दिन्छ। यो गीतमा मात्र महिलाहरूलाई समेटेर नारीलाई प्राथमिकता दिइएको छ।

गीतको संगीत सुरेश अधिकारीले गरेका छन् भने शब्द आस्था राउतकी आमा सावित्री राउतले लेखेकी छन्। आस्थाका गीतहरूमा अक्सर यिनै सर्जकको कलम र सुर मिसिन्छ। सावित्री राउतले आस्थाको आवाजको रेन्ज अनुसार गीत लेख्ने भएकाले गीत सहज र प्रभावशाली हुन्छ।

आस्थाले भिडियो बलिउडस्तरको बनाउन चाहिन्। त्यसैले निर्देशक शान थापा, कोरियोग्राफर रोशन विक र नृत्यका लागि आश्मा विश्वकर्माजस्ता टप कलाकारहरू समावेश गरिन्। “गीत मात्र होइन, भिडियो पनि शक्तिशाली हुनुपर्छ भन्ने मेरो सोच हो,” आस्थाले भनिन्।

उनले यो गीत स्कुलका कार्यक्रमदेखि तीज पर्वसम्ममा नाच्न मिल्ने गरी बनाइएको बताइन्। “सुख-दुःख नै जीवनका पाटा हुन्, तर दुःख भुलेर हाँस्न सिक्नुपर्छ,” भन्ने गीतले मनोबल बढाउनेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत