काठमाडौं उपत्यका प्रहरी कार्यालय, भद्रकालीस्थित नव-निर्मित प्रहरी परिचालन कक्षमा प्राविधिक मर्मत सम्भारको कामका कारण आपतकालीन सेवा नम्बर १०० अस्थायी रूपमा अवरुद्ध हुने भएको छ।
प्रहरी कार्यालयले जनाएअनुसार आज बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म १०० नम्बरबाट सेवा लिन सकिने छैन । प्रहरीको अनुसार मर्मतको काम सकिएलगत्तै सेवा सुचारु गरिनेछ ।
उक्त अवधिमा आपतकालीन अवस्था वा सहयोग आवश्यक परेमा सेवा प्रयोगकर्ताहरूलाई अन्य वैकल्पिक सम्पर्क नम्बरहरू प्रयोग गर्न अनुरोध गरिएको छ । प्रहरी कार्यालयले निम्न सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ:
प्रहरी कन्ट्रोल रुम – ९८५१२८३०२६
ट्राफिक कन्ट्रोल रुम – १०३, ९८५१२९५१००
जिल्ला प्रहरी परिसर काठमाडौं – ९८५१२८३०१२
जिल्ला प्रहरी परिसर ललितपुर – ९८५१२८३०१७
जिल्ला प्रहरी परिसर भक्तपुर – ९८५१२८३०२०
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ