बुधबार, चैत्र २५, २०८२

क्रान्तिकारीमा नयाँ सिघौरी : ७२ % पदाधिकारीद्वारा बैठक माग


कान्तिपथ


अखिल (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित ७२ % केन्द्रीय पदाधिकारीहरूले संगठनको केन्द्रीय बैठक पदाधिकारीको बैठक तत्काल बोलाउन औपचारिक माग गरेका छन्। क्रान्तिकारीका ३३ मध्ये २४ पदाधिकारीले बैठक माग गर्ने दस्तावेजमा हस्ताक्षर गरेका छन् । अरु थप ४/५ जना पदाधिकारी बैठक बोलाउनु पर्ने कुरामा सहमत भएपनि हस्ताक्षर भने गरेका छैनन ।

संगठनको २३ औं राष्ट्रिय सम्मेलनपछि निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक गत २०८१ माघ २६ गते काठमाडौँमा सम्पन्न भई विभिन्न महत्वपूर्ण निर्णयहरू गरिएका थिए। तर, ती निर्णयहरूको कार्यान्वयनका क्रममा विभिन्न समस्या र जटिल परिस्थितिहरू उत्पन्न भएका कारण पदाधिकारीहरूले आपत्कालीन छलफलको आवश्यकता औंल्याएका छन्।

पदाधिकारीहरूले जारी विज्ञप्ति अनुसार बैठकमा विशेष गरी स्ववियु निर्वाचनको समीक्षा, विद्यालय शिक्षा ऐनमाथिको छलफल, बाँकी रहेका प्रदेश सम्मेलनहरूको तयारी, तीन महिने अभियानको समिक्षा, सुदूरपश्चिम विश्वविद्यालयमा उपमहासचिवमाथि भएको भौतिक आक्रमण, साथै त्रिभुवन विश्वविद्यालयमा जारी आन्दोलन र वर्तमान शैक्षिक–राजनीतिक अवस्था मुख्य एजेन्डा रहने छन्।

पदाधिकारीहरूले भनेका छन्, “बारम्बार मौखिक रूपमा बैठकको माग गर्दा पनि बेवास्ता भएको अवस्थालाई दृष्टिगत गर्दै, विधानको भाग ६, धारा ३० को उपधारा ५ बमोजिम अबको एक हप्ताभित्र बैठक बोलाउन आग्रह गर्दछौं।”

यो माग सार्वजनिक भएपछि संगठन भित्रको आन्तरिक गतिविधि र आगामी रणनीतिबारे चासो बढेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत