बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • एसएसपी विश्व अधिकारीको रातभरीको खटाई : चक्रे मिलनसहित ४७ गुण्डानाईके पक्राउ

एसएसपी विश्व अधिकारीको रातभरीको खटाई : चक्रे मिलनसहित ४७ गुण्डानाईके पक्राउ


कान्तिपथ


काठमाडौँ प्रहरीले ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना भन्दा बढी छन् ।

चक्रे मिलन महाराजगन्ज स्थित साम्बाला होटलबाट पक्राउ परेका हुन् । चक्रे मिलन आफ्नो जन्मदिन मनाउन साम्बालामा पुगेका थिए । उनी यसअघि पनि २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए ।

गुण्डागर्दीमा संलग्नहरूलाई नियन्त्रणमा लिन काठमाडौँका एसएसपी विश्व अधिकारी बिहीबार रातभर सक्रिय थिए । १९७५ मे ५ मा काठमाडौँमा जन्मिएका मिलन गुरुङ चक्रपथ क्षेत्रमा बलियो प्रभाव जमाउँदै गुन्डागर्दी र ठेक्का संकलनमार्फत अपराधको दुनियाँमा प्रवेश गरेका थिए।

२००० को दशकको सुरुवातमै उनी काठमाडौँका कुख्यात नामहरूमध्ये एक बने। उनको सबभन्दा ठूलो प्रतिद्वन्द्विता दीपक मानाङेसँग रह्यो। २००४ मा मानाङे समूहको १५ जनाले मिलनमाथि खुकुरी प्रहार गरेपछि उनको एक हात गम्भीर रूपमा घाइते भएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत