बुधबार, फाल्गुन ६, २०८२

“ए आमा म त जिउँदै मरे” सार्वजनिक


गणेश विक


काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा धेरै नेपाली नारीहरुको कथा, ब्यथा र मर्मलाई समेटिएर निर्माण गरिएको साहित्यकार तथा युवा नेतृ ईन्दिरा निरौलाको नयाँ गीत “ए आमा म जिउदै मरे” सार्वजनिक भएको छ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै माईत जान नपाएको, माईतीको आगनी नै प्यारो हुन्छ भन्ने कुरा यस गीतमा समेट्ने प्रयास गरिएको छ। गीतको भिडियोमा पुरुषबाट बलात्कृत भएपछि नारी बिछिप्त भएर आन्दोलित भई अदालत सम्म न्यायको भिग माग्न पुगेको कुरा समाबेश गरिएको छ।

“ए आमा म जिउदै मरे” नामक गीतमा समिक्षा अधिकारीको स्वर रहेको छ भने साहित्यकार तथा युवा नेतृ ईन्दिरा निरौलाको शब्द, बिमलराज क्षेत्रीको संगीत, रमेश सेञ्चुरीको संगीत तथा कुमार रानाको मिक्सिङ रहेको छ।

यस गीतको भिडियोमा प्रकाश भट्टको कथा, निर्देशन रहेको छ भने करण चैशिरको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ।

उक्त गीतको भिडियोमा जुना एस.डी. लगायत अन्य कलाकारहरुको बेजोड अभिनय रहेको छ। यस गीतलाई बिमलराज क्षेत्रीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत