बुधबार, फाल्गुन ६, २०८२

संसद भवनभित्रै सांसद मृत फेला


कान्तिपथ


फिनल्यान्डमा एक युवा सांसद संसद्‌ भवनभित्रै मृत फेला परेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ३० वर्षीय सांसद एमिली पेल्टोनन मंगलबार संसद् भवनभित्रै मृत भेटिएका हुन्।

सांसद पेल्टोननले जुन महिनाको सुरुवाततिर सामाजिक सञ्जालमा आफू मिर्गौलालगायत रोगबाट पीडित रहेको उल्लेख गरेका थिए। पछिल्ला हप्ता उनी संसदीय काममा सहभागी थिएनन्। बिरामी बिदामा थिए।

पेल्टोनन २०२३ को चुनावमा ५ हजार ७४७ मत प्राप्त गरेर सांसद बनेका थिए। उनी संसद्‌का केही समितिमा काम गर्थे। उनी जार्भेनपा सिटी काउन्सिलका सदस्य र त्यहाँका सबैभन्दा कान्छा बोर्ड अध्यक्ष पनि थिए।

प्रहरीले मृत्युको कारणबारे अनुसन्धान गरिरहेको बताएको छ। प्रारम्भिक अनुसन्धानले हत्याको आशंका देखाएको छैन। बरु घटना गम्भीर स्वास्थ्य समस्याका कारण भएको देखिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत