बुधबार, फाल्गुन ६, २०८२

सुरेन्द्र र युवराजको विरोधलाई एमालेले बाल दिएन


कान्तिपथ


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्किन नदिने एमालेको निर्णयबारे राखिएको फरक मत अन्तरपार्टी निर्देशन (अपानि)मा समेटिएनपछि उपाध्यक्ष युवराज ज्ञवालीले आपत्ति जनाएका छन्। फरक मत उल्लेख नभएपछि उनले मंगलबार पार्टी कार्यालयमा लिखित रूपमा दर्ता गराएका छन्।

एमाले स्रोतका अनुसार, ज्ञवालीले अपानिमा आफ्नो धारणा नआएको भन्दै औपचारिक रूपमा दर्ता गराएका हुन्। सो बैठकमा उपाध्यक्ष सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्ण थापाले समेत फरक मत राखेका थिए। तर, अपानिमा उनीहरूको विचारबारे कुनै उल्लेख छैन।

एमालेले सार्वजनिक गरेको अपानिमा पूर्वराष्ट्रपति भइसकेको व्यक्तिले कार्यकर्ता बनेर पार्टीमा फर्किनु शोभनीय नहुने उल्लेख छ। त्यसमा भनिएको छ, “राष्ट्रको गहना भइसकेको व्यक्तिले राजनीति गर्न एमालेको कार्यकर्ता भएर आउनु हुँदैन। उहाँ सम्मानपूर्वक गणतन्त्रको गौरव बनेर बस्नुपर्छ। सदस्यता नवीकरणको प्रक्रिया मिल्दैन, सदर हुँदैन। विधानको धारा ८ अनुसार हुनेछ।”

फरक मत समेटिनु न्यायोचित हुने स्थायी कमिटी सदस्य कर्ण थापाको भनाइ छ। उनले भने, “हामीले फरक मत राखेका थियौँ तर अपानिमा समेटिएन। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समेत लेखेर फरक मत दिनुभएको छ। सचिवालय बैठकमा यसबारे छलफल हुने भनिएको छ।”



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत