सोमवार, चैत्र २३, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • पर्वतारोहण संघको चुनाव : देउवा, केपी र माधवको गठबन्धन पराजित, प्रचण्ड-रविको जित

पर्वतारोहण संघको चुनाव : देउवा, केपी र माधवको गठबन्धन पराजित, प्रचण्ड-रविको जित


कान्तिपथ


नेपाल पर्वतारोहण संघ (एनएमए)को नयाँ नेतृत्वमा फुर गेल्जे शेर्पा अध्यक्षमा निर्वाचित भएका छन्। सत्ता गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै उनले विजयी हासिल गरेका हुन्। अध्यक्षसहित अधिकांश पदमा फुर नेतृत्वको टोलीले विजय हात पारेको छ, भने केवल प्रथम उपाध्यक्ष र एक सदस्य पदमा मात्र विपक्षी उम्मेदवार विजयी बनेका छन्।

अध्यक्षमा फुरले ३४२ मत पाउँदै विजयी भए भने उनका प्रतिस्पर्धी कुलबहादुर गुरुङले २८८ मत प्राप्त गरे। फुर नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट पर्यटन व्यवसायीहरूको साझा उम्मेदवार थिए। गुरुङ भने सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) निकट व्यवसायीहरूको तर्फबाट उम्मेदवार बनेका थिए।

वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल ३४५ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी टिका गुरुङले २५८ मत पाए। प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पाले ३५९ मत प्राप्त गर्दै जिते भने उनका प्रतिस्पर्धी काजी शेर्पाले २५६ मत पाए।

द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ३६८ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी धनबहादुर गुरुङले २३८ मतमा सीमित भए।

महासचिवमा राजेन्द्रबहादुर लामाले ३१८ मतसहित विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी विमल नहर्कीले २०९ मत पाए भने शिव सापकोटाले ६८ मत मात्र पाए।

सचिवमा चन्दन थापाले ३५८ मत प्राप्त गरी निर्वाचित भए। उनका प्रतिद्वन्द्वी ङिमा दिकी शेर्पाले २४४ मत पाए। कोषाध्यक्ष पदमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान ३०४–३०४ मत पाए। त्यसपछि दुवैले आधा–आधा कार्यकाल नेतृत्व गर्ने सहमति भएको छ।

सदस्यतर्फ माधवकुमार धमला (२७८), केदार न्यौपाने (३०२), थुप्देन शेर्पा (३२६), गोकुल थापा (२८८), मुलाल गुरुङ (३५१), देण्डी शेर्पा (३११), विक्रम कार्की (३०६), रिञ्जे शेर्पा (३०१), देवेन्द्र डंगोल (२९५), दिकी शेर्पा (२८८) र निशा भोटे (३०७) विजयी भएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत