भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आज तेस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ। खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ।
नेपाल र बंगलादेश दुवैले अहिलेसम्म २ खेल खेल्दा १ जित र १ हार हात पारेका छन्। नेपाल पहिलो खेलमा भारतसँग ७–० ले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २–१ ले हराएको थियो। बंगलादेशले भुटानलाई ३–१ ले हराएको थियो तर भारतसँग २–० ले पराजित भएको थियो।
हाल अंक तालिकामा भारत २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ। बंगलादेश र नेपालको समान ३ अंक भए पनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छ।
प्रतियोगिता डबल राउण्ड रोबिन लिगका आधारमा खेलाइँदै छ र सबैभन्दा बढी अंक जोड्ने टोली विजेता बन्नेछ। प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली सहभागी छन्।
आजै हुने अर्को खेलमा भारत र भुटान आमनेसामने हुनेछन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ