गोंगबुमा प्रहरीले छापा, ४ करोड रुपैयाँ बरामद
राजधानीको गोंगबुस्थित एक घरमा प्रहरीले मंगलबार ठूलो परिमाणको अवैध रकम बरामद गरेको छ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले छापा मार्दा करिब ४ करोड रुपैयाँ बरामद भएको हो। उत्त अवैध रकमको अपरेसनको निमित्त काठमाडौं परिसर प्रमुख एसएसपी बिश्व अधिकारी आफै फिल्डमा खटिएका थिए।
उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले बरामद गरिएको रकमबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

