नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङले आफ्नो कार्यकालको सुरुवातमा एक महत्वपूर्ण निर्णय गर्दै नेपाल प्रहरीका सेवारत तथा अवकाशप्राप्त कर्मचारीहरूका लागि ‘किरियापुत्री भवन’ निर्माण गर्ने घोषणा गरेका छन् ।
कार्यभार सम्हालेलगत्तै बसेको प्रहरीको नीति निर्माण समिति (पीसीसी) को बैठकमा यो निर्णय लिइएको हो । प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता विनोद घिमिरेका अनुसार, उक्त भवन काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिनेछ ।
यसका साथै, प्रहरी कर्मचारीहरूको सुविधालाई ध्यानमा राख्दै यो योजनालाई क्रमशः प्रदेश स्तरमा पनि विस्तार गरिने निर्णय भएको छ । यो निर्णयले प्रहरी कर्मचारीहरूलाई आफ्नो परिवारमा शोक परेको बेला आवश्यक परम्परागत कार्यहरू सम्पन्न गर्न सहज हुने अपेक्षा गरिएको छ ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ