-पछिल्ला ३ दिनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा २९ वटा शव संकलन भएपनि घटनाको मुचुल्का नहुँदा पोस्टमार्टम रोकिएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. सुवास आचार्यले विभिन्न अस्पतालबाट शव आए पनि प्रहरीबाट मुचुल्का नआएको बताए ।
‘मुचुल्काबिना पोस्टमार्टम गर्न सकिँदैन । स्वास्थ्य मन्त्रालय र प्रहरीसँग पनि कुराकानी भइरहेको छ,’ उनले भने । मुचुल्का नहुँदा २९ वटा शव आन्दोलन र प्रदर्शनमा मृत्यु हुनेहरू कै हो कि होइन भन्ने पनि यकिन नभएको अस्पताल जनाएको छ । काठमाडौं उपत्यका प्रहरी चौकीहरूमा समेत तोडफोड र आगजनी भएका कारण मुचुल्का हुन नसकेको प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हालसम्म जेन-जी प्रर्दशनमा ३० जनाको मृत्यु भएको तथ्यांक छ । सिभिल अस्पताल बानेश्वरमा ६ जना, ट्रमा सेन्टरमा ८, वीर अस्पताल ५, एभरेस्ट अस्पताल बानेश्वरमा ३, काठमाडौं मेडिकल कलेज २, त्रिवि शिक्षण अस्पतालमा १, फ्रन्टलाइनमा ३, विराट मेडिकल कलेजमा २ जनाको मृत्यु भएको जनाएको छ ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ