शुक्रबार, कार्तिक २१, २०८२

वीर प्रहरीहरू नै नेपालको प्रहरी संगठनको शान र गौरव हुन्

इलाका प्रहरी कार्यालय खैरहनी चितवनमा कार्यरत प्र.नि प्रदिप महतले हालै देशभरका प्रहरी चौकीहरूमा आक्रमण भइरहेका कठिन परिस्थितिमा पनि आफ्नो कर्तव्यबाट पछि हटेनन।
उच्च निकायबाट सुरक्षित स्थानमा जान निर्देशन दिइए पनि उनले स्थानीय समुदायसँग समन्वय गर्दै कार्यालयलाई कुनै पनि भौतिक क्षति हुन नदिन अन्तिम क्षणसम्म दृढतापूर्वक आफ्नो कार्यक्षेत्रमै खटिरहे। उनकोबअथक प्रयास र वीरतापूर्ण योगदानका कारण इलाका प्रहरी कार्यालय खैरहनी चितवन सुरक्षित रहन सफल भयो।
उनको साहस, कर्तव्यनिष्ठा र संगठनप्रतिको समर्पणलाई हृदयदेखि सम्मान प्रकट गर्दछौं। यस्ता वीर प्रहरीहरू नै नेपालको प्रहरी संगठनको शान र गौरव हुन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत