आगजनी र लुटपाटले मोरङ अदालतको सेवा रोकियो
विराटनगर । मोरङ जिल्ला अदालतले तत्काल पूर्णरुपमा सेवा प्रवाह गर्न नसक्ने भएकाे छ । भदौ २४ गते अराजक समूहले गरेकाे आगजनी, तोडफोड र लुटपाट भएकाे थियाे ।साे घटनापछि अदालतको भौतिक संरचना र सेवा प्रवाहसँग सम्बन्धित सम्पूर्ण सामानहरू नष्ट भएकाे छ ।
अदालतले एक सूचना जारी गर्दै असोज २० गतेसम्म अधिकांश सेवाहरू बन्द रहने जानकारी गराएको छ।अदालतले जारी गरेको सूचनाअनुसार अदालतले तत्काल नियमित सेवा सञ्चालन गर्न नसक्ने अवस्था छ ।अदालतका अनुसार, २०८२ असोज २० गतेसम्म निम्न अत्यावश्यक सेवाहरू मात्र सञ्चालन हुनेछन्:
अदालतले बन्दीप्रत्यक्षीकरणको निवेदनको सुनुवाई ।
सरकारीवादी फौजदारी मुद्दाको अनुसन्धानका लागि म्याद थप ।
पक्राउ पुर्जी अनुमति ।
जरुरी पक्राउ पुर्जी ।
थुनछेक आदेश ।
यी बाहेकका अन्य सम्पूर्ण सेवाहरू दशैं बिदा र क्षति भएको कारणले २०८२ असोज २० गतेसम्म बन्द रहनेछन्।


