राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम मन्त्रिपरिषद्मा तीन जना मन्त्री नियुक्त गरेका छन्। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ ऊर्जा मन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाल अर्थ मन्त्री र अधिवक्ता ओमप्रकाश अर्याल कानुन तथा गृह मन्त्री बनेका छन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार नियुक्त मन्त्रीहरूले सोमबार शपथ लिनेछन्।
गत शुक्रबार पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम प्रधानमन्त्री बनेकी थिइन्। कार्कीले जेनजीसहितको टिमसँग परामर्श गरेर सिफारिस गरेका नामलाई राष्ट्रपतिले अनुमोदन गरेका हुन्।
शुक्रबारदेखि नै मन्त्री छनोटबारे प्रधानमन्त्री कार्कीले छलफल थालेकी थिइन्। तर गैरराजनीतिक व्यक्तिहरूलाई अघि सार्दा टुंगो लगाउन केही समय लागेको बताइएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ