काठमाडौं । राजधानीस्थित सिभिल अस्पतालमा उपचाररत घाइतेलाई B Positive रगत आवश्यक भएको जानकारी सार्वजनिक भएलगत्तै अधिवक्ता राधिका खतिवडा र उनका श्रीमान् नेपाल प्रहरीका बहालवाला डिएसपी शिवराज बुढाथोकीले संयुक्त रुपमा रक्तदान गरेका छन्।
सामाजिक सञ्जालमार्फत रगत अभाव भएको थाहा पाएपछि खतिवडाले तत्काल सम्पर्क गर्दै भनिन्, “बैनी, B Positive रगत त म र मेरो श्रीमान् दुबैको भएकोले हामी अहिले नै गएर सहयोग गर्छौं।”
त्यसपछि दम्पती सिभिल अस्पताल पुगेका थिए र आवश्यक रगत दिएर घाइतेको ज्यान बचाउन योगदान पुर्याएका छन्।
खतिवडा पेशाले अधिवक्ता हुन् भने उनका श्रीमान् बुढाथोकी नेपाल प्रहरीका डीएसपी हुन्। आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई डिएसपी बुढाथोकीले आफ्नो रगत दिनु स्वयं प्रहरी सेवाकै मानवीयता र सामाजिक उत्तरदायित्वको प्रेरक उदाहरण बनेको छ।
उहाँहरू दुबैलाई घाइतेको जीवन रक्षामा पुर्याउनुभएको यो अमूल्य योगदानका लागि मुरी मुरी धन्यवाद व्यक्त गरिएको छ।


देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ