शुक्रबार, कार्तिक २१, २०८२

प्रहरीको मनोबल बढाउँदै गृहमन्त्री अर्याल: ‘उच्च मनोबलका साथ जनताको हितमा काम गर्नुस्’

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयको भ्रमण गरी प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभएको छ। बिहीबार प्रहरी मुख्यालय पुगेर उहाँले हालैको ‘जेनजी आन्दोलन’का क्रममा प्रहरीतर्फ भएको क्षतिको जानकारी लिनुभएको हो।

देशका सातै प्रदेशका प्रहरी प्रमुख तथा जिल्ला प्रमुखहरूसँग भर्चुअल सम्बोधन गर्दै गृहमन्त्री अर्यालले भन्नुभयो, “आन्दोलनमा क्षतिग्रस्त प्रहरी इकाईको पुनःस्थापनामा समुदायले देखाएको सद्भावले प्रहरीको महत्त्व पुष्टि भएको छ, तपाईंहरू उच्च मनोबलका साथ जनताको हितमा काम गर्नुस्।”

उहाँले प्रहरी संगठनभित्रका कमीकमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। “वर्तमान सरकार कर्तव्यनिष्ठ, संयमित र उच्च मनोबलयुक्त प्रहरी कर्मचारीको पक्षमा छ,” उहाँले भन्नुभयो, “कानुनले दिएको अधिकार प्रयोग गरी आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्।”

प्रहरी प्रधान कार्यालय पुग्नुअघि गृहमन्त्री अर्यालले आन्दोलनका क्रममा क्षति पुगेका काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, प्रहरी वृत्त दरबारमार्ग र महाराजगञ्जको स्थलगत अनुगमन समेत गर्नुभएको थियो।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत