नेपाली अभिनेता अनुपविक्रम शाहीले बलिउडमा धमाकेदार डेब्यु गर्ने भएका छन्। उनी सुपरस्टार सलमान खानको आगामी फिल्म ‘गलवान’मा मुख्य खलनायकको भूमिकामा देखिने भएका हुन्। भारत-चीन सीमा विवादको कथामा आधारित यस फिल्ममा अनुप र सलमानबीच १३ मिनेट लामो एक्सन दृश्य रहेको छ।
फिल्मको पहिलो चरणको छायांकन लद्दाखको कठिन मौसममा सकिएको छ, जसमा अनुपले पनि भाग लिएका थिए। फिल्मलाई भव्य बनाउन २५० भन्दा बढी कलाकार र थाइल्याण्डको एक्सन टोलीको प्रयोग गरिएको थियो। सलमान खानले भने छोटो समयका लागि मात्र छायांकन गरे, जसका लागि चार-पाँच गाडी र दर्जनौं सुरक्षाकर्मीको कडा सुरक्षा व्यवस्था मिलाइएको थियो।
वास्तविक घटनामा आधारित यस फिल्ममा सलमान खानले कर्नेल सन्तोष बाबुको भूमिका निर्वाह गरेका छन्। लद्दाखको छायांकनपछि अब मुम्बईमा बनाइएको विशाल सेटमा फिल्मको बाँकी छायांकन गरिने निर्माण पक्षले जनाएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ