नवनियुक्त सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेकै दिन ५ महिनाभित्र देशका १० प्रमुख शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गर्नुभएको छ।
सोमबार मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री खरेलले आफ्नो पहिलो निर्णयको रूपमा काठमाडौं उपत्यका बाहिरका १० वटा मुख्य शहरका बढी चहलपहल हुने सार्वजनिक स्थानहरूमा आम नागरिकका लागि नि:शुल्क इन्टरनेटको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो।
पदभार ग्रहणका लागि पुग्नुभएका मन्त्री खरेलले कर्मचारीहरूले तयार पारेको प्रारम्भिक प्रस्तावमा थप परिमार्जन गर्न लगाएर यो निर्णयमा हस्ताक्षर गर्नुभएको थियो।
यो निर्णयले आम नागरिकको सूचना प्रविधिमा पहुँच बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। यद्यपि, नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराइने १० शहरहरूको नाम भने छिट्टै टुङ्गो लगाइने मन्त्रालयले जनाएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ