सोमवार, चैत्र ३०, २०८२

दसैँको दोस्रो दिन : टीका लगाइँँदै


गणेश विक


काठमाडौँ । बडादसैँको दोस्रो दिन आज काठमाडौँ उपत्यकालगायत देशका अधिकांश भागमा मान्यजनबाट टीका थाप्ने तथा आशीर्वाद लिने क्रम जारी छ ।

देशका विभिन्न भागमा अवस्थित सहरमा निजी सवारी साधनमा टीका थाप्न हिँडेका सबै वयका मानिसको सङ्ख्या क्रमशः बढ्दै गएको छ भने सार्वजनिक यातायातका साधन पनि भरिभारउ छन् ।

कहीँ सार्वजनिक यातायातको लामो प्रतीक्षा गर्नुपरेको गुनासो पनि टीका थाप्न जानेहरूले गरेका छन् ।

काठमाडौँ उपत्यकाका सडकमा पनि सार्वजनिक सवारी साधन फाट्टफुट्ट चलेका छन् भने मुख्यचोकमा निजी सवारी साधनको पनि ताँती लागेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत