शुक्रबार, कार्तिक २१, २०८२

विराट टिचिङका नर्स आन्दोलित, बिरामी मर्कामा


कान्तिपथ



विराटनगर । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पितलका नर्स र स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।


सेवा सुविधा वृद्धिलगायतका माग राख्दै शनिबारदेखि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । हस्पिटलका नर्स र स्वास्थ्यकर्मीलाई सरकारले तोकेको न्यूनतम तलब, सेवा सुविधाहरु उपलब्ध नगराएको भन्दै आन्दोलनमा उत्रनु परेको उनीहरुले बताएका छन् ।


अस्पतालका प्रमुख कार्यकारी अधिकृत डेनिस कार्कीले कसैलाई पनि श्रम शोषण नगरेको र हस्पिटलको क्षमताअनुसारको सेवा सुविधा उपलब्ध गराउँदै आएको बताए ।हस्पिटलका अध्यक्ष ज्ञानेन्द्रमानसिंह कार्कीले भने, ‘अस्पताल जस्तो संवेदशील क्षेत्रका कसैले पनि बिरामी छाडेर बाहिर निस्कन मिल्दैन । ड्युटी हुनेले ड्उटी गर्ने अरुले धर्नामा बस्ने हो । तर, उहाँहरुलाई मैले धर्नामा बस्न पर्दैन आफै संवेदनशील छु भनेको थिएँ । आफैं काठमाडौं गएर सरकारसँग यस विषयमा छलफल गर्ने छु ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत