शुक्रबार, कार्तिक २१, २०८२

नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिस्पर्धा ‘आईईईई एक्सट्रिम १९.०’ आयोजना हुँदै


कान्तिपथ


विद्युत् तथा इलेक्ट्रोनिक्स इन्जिनियरहरूको प्रतिष्ठित संस्था आईईईई नेपाल सेक्सनले विश्वकै सबैभन्दा ठूलो कोडिङ प्रतिस्पर्धा ‘आईईईई एक्सट्रिम १९.०’ नेपालमा आयोजना गर्ने घोषणा गरेको छ। शनिबार (अक्टोबर २५) आयोजित एक पत्रकार सम्मेलनमा संस्थाले उक्त जानकारी दिएको हो।

यो प्रतियोगिता अक्टोबर २५ मा नै सुरु हुनेछ, जसमा ७५ भन्दा बढी देशका २० हजारभन्दा बढी विद्यार्थीहरूले भाग लिनेछन्। आईईईई नेपाल सेक्सनका अध्यक्ष डा. अरुणकुमार तिमल्सिनाका अनुसार, यो प्रतिस्पर्धा २४ घण्टासम्म निरन्तर चल्नेछ।

डा. तिमल्सिनाले कम्प्युटर इन्जिनियरिङ र कम्प्युटर साइन्सका विद्यार्थीहरूले यस प्रतियोगितामा जटिल कोडिङ समस्याहरू समाधान गर्ने बताउनुभयो। उहाँका अनुसार, यस किसिमको प्रतिस्पर्धाले विद्यार्थीहरूको सिर्जनशीलता, समस्या समाधान गर्ने क्षमता र टिममा काम गर्ने सीप बढाउन मद्दत गर्दछ।

यो कार्यक्रम पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजना हुनेछ, जसले युवा प्राविधिक प्रतिभाहरूलाई आफ्नो सीप देखाउन अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत