शुक्रबार, कार्तिक २१, २०८२

लोकन्थलीमा स्वास्थ्य अभियान नेपाल (SAN) अस्पताल संचालनमा


कान्तिपथ


भक्तपुरको लोकन्थलीमा स्वास्थ्य अभियान नेपाल (SAN) ले नयाँ SAN अस्पताल स्थापना गरेको छ। अस्पताल केही दिनभित्र नै औपचारिक रूपमा सञ्चालनमा आउने भएको अस्पताल सञ्चालक समितिले जनाएको छ। उत्त अस्पताल गैर नाफामुलक बनाइने बताइएको छ।

भक्तपुर मृगौला प्रत्यारोपण केन्द्रका निर्देशक भएर सेवा निवृत्त भएका वरिष्ठ चिकित्सक डा. पुकार श्रेष्ठ समेतको लगानीमा रहेको यो अस्पताल ५० शैयाको रहेको र आम सर्वसाधारणलाई यस अस्पतालमा लगानीको बाटो समेत खोलेको बताइएको छ।

अस्पतालका श्रोतका अनुसार आधुनिक स्वास्थ्य उपकरण र दक्ष चिकित्सक टोलीसहित सेवाग्राहीलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने तयारी तीव्र रूपमा भइरहेको छ।

सञ्चालक समितिका अनुसार SAN अस्पतालले सामान्य उपचारदेखि विशेषज्ञ सेवा, आकस्मिक उपचार र सर्जरी सेवासम्मका सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।

भक्तपुरमा थप एक आधुनिक, गैर नाफामुलक र जनसहभागिता मुलक लगानीमा अस्पताल सञ्चालनमा आउन लागेसँगै स्थानीयवासीलाई स्वास्थ्य सेवामा सहजता पुग्ने अपेक्षा गरिएको छ । यस कार्यमा स्थानियहरुमा समेत पुर्ण हातेमालो गर्दै अघि बढ्ने डा. पुकार श्रेष्ठले कान्तिपथलाई बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत