बुधबार, फाल्गुन ६, २०८२

रानी – जोगवनी नाका तीन दिनका लागि बन्द


कान्तिपथ


विराटनगरको रानी नाका तीन दिनका लागि बन्द हुने भएको छ । भारतको बिहार विधानसभा – २०२५ को दोस्रो चरणको निर्वाचनका लागि शनिबार बेलुकाबाट ७२ घण्टाका लागि नाका बन्द हुने भएको हो ।
कात्तिक २२ शनिबार साँझ ६ बजेदेखि सीमा नाका पूर्ण रूपमा सिल हुनेछ । मंगलबारको मतदान पछि मात्रै नाका खुल्नेछ ।भारतीय पक्षको आग्रहमा निर्वाचन अवधिभर नाका बन्द रहेन मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए । तीन दिनको अवधिमा आपतकालीन अवस्थामा बाहेक सीमा क्षेत्रमा आवतजावत गर्न रोक लगाइएको छ ।
‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न भारतीय समकक्षीसँगको छलफलमा मतदानको दिनको ७२ घण्टा पूर्व नेपाल– भारत सीमा सील गर्ने भनी सहमति भएकोले सोही बमोजिम बिहार विधानसभा आमनिर्वाचनलाई मध्यनजर राखी मतदानको दिन मिति २०८२। ०७ ।२५ को ७२ घण्टा पूर्व अर्थात् मिति २०८२।०७।२२ गते नेपाली समयानुसार बेलुकी ६ः१५ बजेदेखी मतदान समाप्त नभएसम्मका लागि सीमा नाका बन्द गरिएको छ ।’ मोरङ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत