बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • पूर्व आईजीपी सर्वेन्द्र खनालद्वारा ‘समुन्नत नेपाल पार्टी’ घोषणा, दल दर्ताका लागि आयोगमा निवेदन

पूर्व आईजीपी सर्वेन्द्र खनालद्वारा ‘समुन्नत नेपाल पार्टी’ घोषणा, दल दर्ताका लागि आयोगमा निवेदन


कान्तिपथ


नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल गठन गरेका छन्। खनालले ‘समुन्नत नेपाल पार्टी’ नामक दल दर्ताका लागि निर्वाचन आयोगमा औपचारिक प्रक्रिया अघि बढाएका हुन्।

खनाल नेतृत्वको उक्त पार्टी दर्ताका लागि कात्तिक ३० गते नै निर्वाचन आयोगमा निवेदन पेस गरिएको छ। पार्टीका तर्फबाट राजबाबु यादवले आयोगमा पुगेर दल दर्तासम्बन्धी निवेदन बुझाएको जानकारी प्राप्त भएको छ।

नयाँ दल गठनबारे प्रतिक्रिया दिँदै खनालले “देश आफैँले बनाउने र त्यसको नेतृत्व पनि आफैँले गर्ने” उद्देश्यका साथ पार्टी खोलिएको बताएका छन्।

यसअघि नेकपा (एमाले) को राजनीतिमा सक्रिय रहेका खनालको यो नयाँ राजनीतिक यात्रा हो। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ६ मा उम्मेदवार बनेका थिए भने पछि तनहुँ–१ को उपनिर्वाचनमा पनि प्रतिस्पर्धा गरेका थिए। तर, दुवै निर्वाचनमा उनी पराजित भएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत