अष्ट्रेलियाको मेलबर्न विश्वविद्यालय मा नेपालका गोदावरी नगरपालिका का मेयर तथा वडाअध्यक्षहरू सहभागी भएको उच्च–स्तरीय बैठक २० नोभेम्बर २०२५, बिहीबार सम्पन्न भएको छ। बैठक Steve Howard Room, Melbourne Connect मा आयोजना गरिएको थियो।
बैठकमा मेलबर्न विश्वविद्यालय तर्फबाट प्रो. मुतुपन्दियन अशोककुमार, एसोसिएट प्रो. जगन्नाथ आर्याल, एसोसिएट प्रो. फेलिक्स हुई, र एसोसिएट प्रो. रञ्जित उनिथन सहभागी थिए।
नेपाल प्रतिनिधिमण्डलमा श्री गजेन्द्र महर्जन – मेयर, गोदावरी नगरपालिका, अध्यक्षद्वय श्री श्रीराज थापा र श्री शेखर न्यौपाने, अभियान्ता श्री दान घिसिङ, श्री डेविड जे. ब्राटके, र उधमी रचना श्रेष्ठ रहेका थिए।
बैठकको एजेन्डामा स्वागत मन्तव्य, विश्वविद्यालयको परिचय, इन्जिनियरिङ संकायको प्रस्तुति, र स्याटेलाइट रकेट प्रस्तुति समावेश थियो।
बैठकको मुख्य उद्देश्य मेलबर्न विश्वविद्यालय र गोदावरी नगरपालिका बीच इन्जिनियरिङ, प्रविधि, व्यवसायिक विकास र स्थानीय स्तरमा नवप्रवर्तन सम्बन्धी सम्भावित सहकार्यका अवसरहरूमा छलफल गर्नु रहेको थियो। बैठकमा आगामी दिनमा स्मार्ट सिटी निर्माणमा प्राविधिक आदान–प्रदान र सहकार्य गर्ने सम्भावनामा केन्द्रित छलफल भएको र गोदावरी नगरपालिकाले यसमा सक्रिय भूमिका निर्वाह गर्ने तयारी रहेको जनाइएको छ।


देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ