देशमा एनपिएलको उमंग छाइरहेका वेला नेपाली क्रिकेटकै एउटा टिम विश्वकपकै उपाधि उचाल्ने अन्तिम प्रतिस्पर्धामा पुगेको छ । सरकारले कुनै लगानीसमेत नगरेको नेपाली टोली दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा पाकिस्तानलाई हराएको नेपालले आइतबार उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्दै छ ।
दृष्टिविहीन महिला टी– २० विश्वकप पहिलोपटक आयोजना भएको हो । पहिलो संस्करणमै नेपाल फाइनलमा स्थान बनाउन सफल भयो । श्रीलंकाको राजधानी कोलम्बोमा शनिबार सम्पन्न सेमिफाइनलमा नेपाली टोलीले पाकिस्तानलाई सात विकेटले हराएर यो यात्रा तय गरेको हो ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ