बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • प्रधानमन्त्री सुशीला कार्कीकाे सचिवालयमा परिवार केन्द्रित नियुक्ति ?

प्रधानमन्त्री सुशीला कार्कीकाे सचिवालयमा परिवार केन्द्रित नियुक्ति ?


गणेश विक


काठमाण्डौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफ्नै पत्नी र नातेदारलाई प्रधानमन्त्रीको संवेदनशील सचिवालयमा नियुक्त गराएको खुलासा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्रोतका अनुसार सचिवालय ‘श्रेष्ठ नेटवर्क’मार्फत परिवार केन्द्रित बनेको आरोप छ।

असोज २ गते एकैदिन, श्रेष्ठले आफ्नी पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव र नातेदार कमला श्रेष्ठलाई पनि उही पदमा नियुक्त गराएका हुन्। सोही दिन पुनम श्रेष्ठ र रविना श्रेष्ठ नामक व्यक्तिहरूलाई नासु सरहका प्रशासन सहायकमा पनि ल्याइएको छ।

प्रधानमन्त्री कार्कीले पदभार सम्हालेको एक साताभित्रै यी नियुक्ति भएका हुन्।

आदर्श श्रेष्ठ यसअघि सर्वोच्च अदालतको सूचना प्रविधि महाशाखामा करारमा कार्यरत थिए। कार्की सर्वोच्चकी प्रधानन्यायाधीश हुँदा पनि उनी त्यही कार्यालयमा जोडिएका थिए।

श्रेष्ठको सफाइ ; ‘पत्नी हो, तर नातावाद होइन’

श्रेष्ठले पत्नीको नियुक्ति स्वीकारे तर सबै नियुक्ति नातावादका आधारमा भएको दाबी गलत भएको बताए।

उनका अनुसार, सचिवालय संवेदनशील भएकाले विश्वासिलो व्यक्तिलाई मात्र ल्याइएको हो।

“श्रेष्ठ’ थर देखेर सबैलाई मसँग जोडियो,” उनले आरोप खारेज गर्दै भने।

‘पहिले ९४ जना, अहिले २६ जना’

सचिवालयका अर्का कर्मचारीका अनुसार विगतमा प्रधानमन्त्रीहरूले ९४ जनासम्म कर्मचारी राख्ने गर्थे, तर अहिले संख्या घटाएर २६ जना गरिएको छ।

उनका अनुसार अनावश्यक नियुक्ति कटौती हुँदा विश्वासमा काम गर्ने कर्मचारीहरूलाई नै अनावश्यक विवादमा पारिएको छ।

विगतमा सचिवालयले पशुपति विकास कोष, नेपाल प्रहरी, समाज कल्याण परिषद् लगायतका निकायबाट कर्मचारी तान्ने प्रवृत्ति थियो, जुन यसपटक रोकिएको सचिवालय कर्मचारीहरूको दाबी छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत