बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • सीमामा समानभन्दा बढी त सुरक्षाकर्मीको मनोबल तस्करी हुँदै

सीमामा समानभन्दा बढी त सुरक्षाकर्मीको मनोबल तस्करी हुँदै


गणेश विक


थानेश्वर अर्याल, भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सीमावर्ती जिल्लामा तस्करी नियन्त्रण कमजोर बन्दै गएको र सुरक्षाकर्मीहरूको मनोबल निरन्तर खस्किँदै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

मंगलबार भैरहवामा सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले तस्करी नियन्त्रणमा खटिएका सुरक्षाकर्मीमाथि आक्रमण भइरहेको छ ।

उनीहरूलाई तेजोबध गरेर तस्करीलाई संरक्षण गर्ने प्रवृत्ति बढ्दै छ। राज्य संयन्त्र नै चुनौतीमा परेको उल्लेख गरे।

आचार्यका अनुसार, जेएनजी आन्दोलनपछिको वातावरणले सुरक्षाकर्मीहरूको आत्मबल घटेको र त्यसकै फाइदा उठाउँदै तस्करी समूह पुनः सक्रिय बनेका छन्। भन्सार छलेर सामान ओसार्ने गतिविधि खुलेआम भइरहेकाले सीमामा असुरक्षा र अराजकता बढेको उनले बताए।

उनले थपे, अराजक समूहलाई कानुनी कारबाही नगरेसम्म जनताले सुरक्षित महसुस गर्न सक्दैनन्। लुटिएका हतियार बोकेका व्यक्ति र कारागारबाट फरार अभियुक्त खुलेआम हिँडिरहेपछि सुरक्षाकर्मीको मनोबल उकास्नु चुनौती बनेको छ।

गोष्ठीमा गृहमन्त्री ओमप्रकाश अर्यालले पनि प्रदेशमा राजस्व चुहावटको जोखिम उच्च रहेको स्वीकार गर्दै मन्त्रालयले ‘शून्य सहनशीलता’ नीतिअन्तर्गत कडाइका साथ निगरानी गरिएको बताए। “राजस्व चुहावटमा सरकारी संलग्नताको अन्त्य आवश्यक छ।

सबै निकायले व्यावसायिक आचरणका साथ कानुन पालना गर्नैपर्छ,” उनले भने।

सुरक्षा बैठकमा तस्करी नियन्त्रण, राजस्व व्यवस्थापन, अपराध रोकथाम र राज्य संयन्त्रको प्रभावकारिताबारे विस्तृत छलफल भएको बताए।

बैठकको निष्कर्षले भने एउटा व्यङ्ग्यात्मक यथार्थ झल्कायो सीमामा समानभन्दा बढी त सुरक्षाकर्मीको मनोबल नै तस्करी भइरहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत